नेपाली काँग्रेस धनगढी-३ को वडा सभापतिमा सिंहको उम्मेदवारी घोषणा (भिडियो सहित)

आफूलाई जिताउन आग्रह

नेपाली काँग्रेस कैलालीको शनिवार (भोलि) बाट सुरु हुने वडा अधिवेशनमा युवा नेता गजेन्द्र सिंह

धनगढी : नेपाली काँग्रेस कैलालीको शनिवार (भोलि) बाट सुरु हुने वडा अधिवेशनमा युवा नेता गजेन्द्र सिंहले धनगढी उप-महानगरपालिका वडा. नं. ३ को वडा सभापति पदको लागी उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै सिंहले सो बारे जानकारी दिएका हुन् ।

नेपाली काँग्रेसमा विगत २१ वर्ष देखी सक्रिय रहेका सिंहले धनगढी वडा नंं. ३ मा नेपाली काँग्रेस भित्र भएको विवादलाई समेत सुल्झाउन सक्ने र नेपाली राजनीतिमा सक्षम युवा नेतृत्वको आवश्यकता रहेको हुँदा आफूले उम्मेदवारी दिएको बताए ।

त्यस्तै, उनले आफूले धनगढी उप-महानगरपालिका वडा नं. ३ को परिवेश, समाज बुझेको र सबै क्रियाशील सदस्यहरू लगायत वडा बासीलाई एकजुट बनाएर अघि बढ्न सक्ने क्षमता आफूमा रहेकोले यसपालिको अधिवेशनमा आफूलाई जिताउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार