फेसबुकमा आलोचना गरेको भन्दै वडाध्यक्षद्वारा एक स्थानीयलाई वडाको सेवा प्रतिबन्ध

फेसबुकमा आलोचना गरेको भन्दै वडाध्यक्षद्वारा एक स्थानीयलाई वडाको सेवा प्रतिबन्ध

सल्यान : बागचौर नगरपालिका– ४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आलोचना गरेको भन्दै एक स्थानीयलाई वडा कार्यालयबाट सेवा लिन प्रतिबन्ध लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो चरित्र हत्या गरेको भन्दै वडाध्यक्ष पुनले स्थानीय दिलबहादुर केसीलाई वडाको सेवा लिनबाट वञ्चित गरेका हुन् ।

बिहीबार एक विज्ञप्ति जारी गरी वडाध्यक्ष पुनले भनेका छन्, ‘वडाध्यक्ष तथा सदस्यहरूलाई छोटे राजाको संज्ञा दिई सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, अनावश्यक आरोप लगाई भ्रमित काम गरेकाले बागचौर नगरपालिका– ४ सिमखोलीनिवासी दिलबहादुर केसीलाई वडा कार्यालयबाट दिइने सम्पूर्ण सेवा लिनबाट वञ्चित गरिएको छ ।’ केसीले कमजोरी नसच्याएसम्म सेवा बन्द गरिने वडाध्यक्षको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ पत्रिकासँग कुरा गर्दै वडाध्यक्ष पुनले पटक–पटक यस्तो भ्रम फिँजाइरहेकाले बाध्य भएर आफूले वडाको सेवा बन्द गराएको बताए । केसीले भने सामाजिक सञ्जालमा लेखेको आरोपमा वडाको सेवाबाट वञ्चित गरिनु न्यायोचित नभएको प्रतिक्रिया दिए । ‘मैले गल्ती गरेको भए कानुनी कारबाहीको प्रक्रियामा गए हुन्छ,’ उनले भने, ‘मलाई वडाको सेवा लिन प्रतिबन्ध गर्नु न्यायोचित हुँदैन ।’ -नयाँ पत्रिकाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार