बाजुरामा बाटो हिँड्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

भिरबाट लडेर
प्रतिकारात्मक तस्बिर

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बुढीनन्दा नगरपालिका–२ कोल्टीकी ४२ वर्षीया जनदेवी खत्रीको बाटो हिँड्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए।

आइतबार बिहान खेतबाट घर फर्किने क्रममा दानसाँगु भीरबाट उनी करिब १ सय १० मिटर तल खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक खत्रीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरी निरीक्षक नाथले जानकारी दिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार