सुदूरपश्चिमबाट एमालेका १६४ जना महाधिवेशन प्रतिनिधि छनौट

महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश
धनगढी : नेकपा (एमाले)को १० औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १ सय ६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
प्रेस चौतारीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले १६ वटा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए ।
‘१६ निर्वाचन क्षेत्रमध्ये १४ वटामा सर्वसम्मतले र बाँकी दुई निर्वाचन क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनोट गरेका छौँ,’थापाले भने,‘कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन र बाँकी सबैमा सहमतिकै आधारमा प्रतिनिधि छनोट गरिएका हौँ।’
निर्वाचन भएका क्षेत्रमा पनि सौहार्दपूर्ण वातावरणमा चुनाव भएको अध्यक्ष थापाले दाबी गरे ।
आसन्न राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ । यस्तै क्रमशः दार्चुलामा १२  बझाङ १६,बैतडी १४ डडेल्धुरा ११,बाजुरा २१, कञ्चनपुर १६, डोटी १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरीएको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार