एमालेको हिनामिना भएको ३४ लाख नगद र भौतिक सम्पत्ति फिर्ता हुने (भिडियो)

एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीको खाताबाट भीम रावल पक्षले एकलौटी रुपमा कब्जा गरेको नगद फिर्ता हुने भएको छ ।

बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले रावल पक्षले एकलौटी रुपमा कब्जा गरेको नगद फिर्ता हुने जानकारी दिए । नेकपा फुटको अवस्थामा पुगेको समयमा रावल पक्षले नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको नगद कब्जा गरेको थियो ।

रावल पक्षले कब्जा गरेको ३४ लाख नगद तथा अन्य भौतिक सम्पत्ति फिर्ता गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष थापाले बताए । ”पार्टीको खातामा रहेको ३७ लाखमध्ये तीन लाखबाहेक सबै रकम कब्जा गरेर लगिएको थियो,’ उनले भने,’तत्काल २४ लाख र अन्य रकम पछि फिर्ता दिने कुरा भएको छ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार