माओवादी केन्द्रको पक्षमा कृष्णनगरका जनता, वडा सम्मेलनमा देखियो जनलहर

माओवादी केन्द्रको पक्षमा कृष्णनगरका मधेसी जनता, वडा सम्मेलनमा देखियो जनलहर

कपिलवस्तु, कृष्णनगर : नेकपा माओवादी केन्द्रले मंसिर ४ गते शनिवार नेपाल भर नै वडा सम्मेलन गरेको छ।

कपिलवस्तु जिल्लाको पश्चिम दक्षिणमा पर्ने कृष्णानगर नगरपालिका को वडा सम्मेलनमा माओवादी केन्द्रको जनलहर देखिएको छ। कृष्णानगर नगरपालिका मधेसी बहुल्य क्षेत्र भएता पनि कृष्णानगरमा माओवादी केन्द्र पहिलो शक्तिशाली पार्टीको रूपमा उभारिएको छ।

नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य रुद्र लाला बन्जाडे कपिलवस्तु जिल्ला समितिका सल्लाहकार थानेश्वर खनाल नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओलीको प्रमुख अतिथ्यता विशेष अतिथि तथा निर्वाचन प्रमुखहरूको उपस्थितिमा कृष्णानगर नपाका आठ वटा वडा सम्मेलन सम्पन्न भयेको छ। वडा सम्मेलन गर्नाको लागि केन्द्र ले दिएको निर्देशको पूर्ण पालना गर्दै हामीले पनि कृष्णानगरको आठ वटा वडा सम्मेलन भव्य रूपमा सम्पन्न गरेको सचिवालय सदस्य बन्जाडेले बताउनु भयो।

समाजवादको यात्रा पुरा गर्न जनताको तह देखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ भन्नै नारा समेत तय गरेको छ। र आगामी चुनावमा कृष्णानगरमा नेकपा माओवादी केन्द्रले आफ्नो वर्चस्व देखाउने बताउनु आफूहरूको पक्षमा मधेसी जनताको अपार माया रहेको भन्दै सच्चा कम्युनिस्ट पार्टी माओवादी केन्द्र नै भएकाले सबैलाई गोलबन्द भएर लाग्ने आग्रह सचिवालय सदस्य रुद्रलाल बन्जाडेले गरेका छन्।

उक्त कार्यक्रममा प्रवक्ता नेपालीले माओवादी केन्द्रले मधेसको चौतर्फी क्षेत्रमा विकास गर्न चाहेको बताउँदै केही अवसरवादी र पुँजीवादीको नेतृत्वले गर्दा मधेसमा विकासले फड्को मार्न नसकेको दाबी गर्नुभयो ।

कृष्णनगर नगरपालिका भित्रा माओवादी केन्द्र ले ३ वटा वडामा जीत हासिल गरेको थियो ती वडाहरूलाई अवसरवादी हरूसँग बचाएर जनताले माओवादी केन्द्र लाई दिएको थियो र आज सब भन्दा बढी विकास ती ३ वडाहरूमा मात्रै भयेको छ।

केही नेताले मदेसको विकास गर्ने भन्दै झुटो आश्वासन बाँड्दै, जनतालाई झुकाएर मत लिई विजयपश्चात् विकाशको नाममा सिन्को नभाँचेको बताउँदै वडा सम्मेलन भव्य र सफल बनाउनको लागि आउनु भक्तों सबै कामरेडहरु लाई हृदय देखि धन्यवाद व्यक्त नेपाली ले गरेका थिए।

कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां इन्चार्ज केशर ओली सचिव गणेश प्रसाद बन्जाडे प्रवक्ता मौलाना मशहुद ख़ां नेपाली लगायतहरुको प्रयास तथा मेहनतले कपिलवस्तु जिल्ला टाप हान्दै १५२८ संगठित सदस्यता नवीकरण गरी शनिवार वडा सम्मेलन सम्पन्न गरेका छन्।

इन्चार्ज केशर ओली को अनुसार माओवादी केन्द्रले सदस्य नवीकरण वडा सम्मेलन देखि केन्द्रीय अधिवेशन सम्मको लागि तैयार गरेको नयाँ नीति नियम तथा अनलाइन नवीकरण प्रणाली प्रशंसनीय रहेको छ। तर कृष्णानगरमा प्राविधिक समस्या र हामी सँग कम समय रहेको कारणले हामीले सोचेको जति सदस्यता नवीकरण हुन सकेको छैन।

कृष्णनगरमा हजार भन्दा बढी सदस्य ल्याउने तैयारी रहेको थियो। अहिले पनि सात सय बन्दा बढी सदस्यहरूको आवेदन फार्म आनलाईन गर्ना छुटेको बताउँदै वडा सम्मेलन भव्य सभ्यरुपमा सफल गर्नाको लागि खटेका नेता कार्यकर्ता भोलेन्टियर तथा शुभ चिन्तकहरू लाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार