काँग्रेसको १४ औँ महाधिवेशन पुराना नेतृत्व र नयाँ पुस्ताको सम्मिश्रण बनेको छ : भट्टराई

कैलालीमा काँग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न

काँग्रेसको १४ औँ महाधिवेशन पुराना नेतृत्व र नयाँ पुस्ताको सम्मिश्रण बनेको छ भट्टराई

अत्तरिया : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको हो ।

सोही अनुसार कैलालीमा पनि ५ वटा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकोले यसलाई निकै महत्वकासाथ लिने गरिन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने भएकोले पनि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई महत्त्वका साथमा कैलालीमा पनि सम्पन्न गरिएको छ ।

चुनावी सेरोफेरोले गर्मिएको महाधिवेशनमा सबै जनाको सक्रिय उपस्थिति रहेको नेपाली काँग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि हरि भट्टराईले बताउनुभयो । नेपाली काँग्रेसको पूर्व नेतृत्वले पार्टी र देशलाई निश्चित र सही बाटो देखाउन नसक्दा कयौँ पटक जनताको माझमा आलोचित हुनुपरेको भट्टराईको भनाई रहेको छ । नेपाली काँग्रेसको नेतृत्व भनेको एउटा पार्टीको मात्रै नभएर देशकै नेतृत्व भएकोले देश र पार्टीलाई सही दिशा निर्देश गर्नका लागि नयाँ नेतृत्वको खाँचो हुने उहाँले बताउनुभएको छ ।

त्यस्तै पार्टीको केन्द्रीय राजनीतिमा हाबी भएको बुढा तन्त्रले एकातिर पार्टीलाई अँध्यारोतर्फ उन्मुख गराएको र नयाँ पुस्तालाई राजनीतिबाट तर्काउन खोजेको बताउँदै उहाँले यसपालिको अधिवेशनले युवालाई पनि प्रशस्त ठाउँ दिएको बताउनुभयो । पुराना नेतृत्व र नयाँ पुस्ताको सम्मिश्रणबाट समावेशी रूपमा पार्टी र देशको बाटो तय गर्ने उहाँको भनाई रहेको छ ।

त्यस्तै नेपाली काँग्रेसको क्षेत्रीय महाधिवेशनमा प्रदेश तहको सदस्य पदका उम्मेदवार यज्ञराज जोशीले पनि यसपालिको अधिवेशनले जुझारु युवा शक्तिलाई ठाउँ दिएको बताउनुभयो । पार्टी र देशको निकासका लागि यसपालिको अधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले भनाई रहेको छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । काँग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढी महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ । देशभरका हिमाली क्षेत्रका करिब १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा भने मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । काँग्रेसको प्रदेश सभा अधिवेशन मंसरि १६ र १७ गते हुँदै छ भने काँग्रेस केन्द्रीय महाधिवेशन मंसरि २४ र २६ सम्म काठमाडौँमा हुने महाधिवेशन कार्य तालिकामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार