अनिश्चितकालका लागि काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

अनिश्चितकालका लागि काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो।

पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए।
‘प्रदेश अधिवेशनमा सहभागि हुन नौँ वटै जिल्लाबाट प्रतिनिधी आउने छन्,’ शाहले भने, ‘उनीहरुको व्यवस्थापन पनि गर्नुपर्ने जिम्मेवारी कैलाली काँग्रेसलाई दिइएको छ। प्रदेश अधिवेशनको व्यवस्थापनकै लागि जिल्ला अधिवेशन केही समयका लागि स्थगित गरिएको हो।’

पार्टी सभापति शाहले जिल्ला अधिवेशन प्रदेश वा केन्द्रीय अधिवेशनपछि गर्नेबारे पार्टी भित्र छलफल भइरहेको बताए। सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा मंसिर १६ र १७ गते गर्ने तयारी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार