सर्वसम्मत नेतृत्व छान्न भन्दै नाराबाजी

सर्वसम्मत नेतृत्व छान्न भन्दै नाराबाजी

सौराहा, चितवन : सर्वसम्मत नेतृत्व छान्न भन्दै नेकपा एमाले १० औं महाधिवेशनका प्रतिनिधिले बन्द सत्रस्थल बाहिर नाराबाजी गरेका छन् । गएराति भीम रावल, घनश्याम भुसाल लगायतका केन्द्रीय सदस्यले पदाधिकारीमा उम्मेदवारी दिने घोषण गरेपछि प्रतिनिधिले सर्वसम्मतका लागि दबाब दिन नाराबाजी गरेका हुन् ।

एमालेको १० ‌औं महाधिवेशन चितवनमा जारी छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्ने तालिका छ ।

महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले नेता व्यवस्थापनमा सकस परेपछि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्णय गरेको थियो। विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी संख्या बढाइए पनि पार्टीका मुख्य पद वरिष्ठ उपाध्यक्ष र महासचिवमा चुनाव हुने सम्भावना टरेको छैन । मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्युँताउने निर्णय गरेको थियो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थप्ने निर्णय भएसँगै अब एमालेमा १९ जना पदाधिकारी हुनेछन् । अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव हुनेछन् ।

दुई महिनाअघि भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित १५ जना पदाधिकारी राख्ने विधान पारित गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार