सुदूरपश्चिम सरकारले एमबीबीएस पहिलो वर्ष अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय

धनगढी : सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फेरि सूचना प्रकाशन गरेको छ। नेपालमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरेको हो।

सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत जयदेव महराले बताए।

महराका अनुसार छात्रवृत्तिका लागि पुसको १२ गतेसम्म आवेदन बुझाउन पर्नेछ। ‘९ जनालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ,’ महराले भने, ‘प्रत्येक वर्ष १० लाखका दरले ५ वर्षमा एक जनालाई ५० लाख छात्रवृत्ति प्रदान गरिनेछ।’

अघिल्लो वर्ष छात्रवृत्तिको कार्यक्रम कार्यान्वयन नहुँदा एमबीबीएस, उच्च शिक्षा, प्राविधिकतर्फ डिप्लोमा, टी–एसएलसी, सरकारी कर्मचारी र कर्मचारीको सन्ततिहरु छात्रवृत्ति पाउनबाट बन्चित भएका थिए। प्रदेश सरकारले यस पटक छात्रवृत्ति प्रदान गर्न एकिकृत छात्रवृत्ति निर्देशिका सच्याएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार