यस कारण बाजुरामा तारा एयरलाइन्सको जहाज यात्रुले धक्का लगाएका थिए…

धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो

यस कारण बाजुरामा तारा एयरलाइन्सको जहाज यात्रुले धक्का लगाएका थिए...

धनगढी : बाजुराको कोल्टी विमानस्थलमा बुधबार एउटा रोचक दृश्य देखियो। जहाँ यात्रुहरुले विमानलाई धक्का लगाइरहेका थिए। एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजको टायर पड्किएको थियो।

‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो। जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो’ यात्रु खगेन्द्र खड्काले भने, ‘त्यसपछि हामीले धक्का लगाएर उक्त जहाजलाई साइड लगायौं।’ अहिले खड्का अर्को जहाज चढेर धनगढी आइपुगेका छन्। उनका अनुसार जहाजलाई यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएका हुन्।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो। उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो। जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ।

यस विषयमा बुझ्न कोल्टी विमानस्थलमा फोन गर्दा त्यहाँ सम्पर्क हुन सकिरहेको छैन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार