राजसमज चौधरीद्वारा नेपाली काङ्ग्रेसको थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

राजसमज चौधरीद्वारा नेपाली काङ्ग्रेसको थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी : कैलाकीको कैलारी गाउँपालिका वार्ड न ४ का स्थानीय एवम् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार धनगढी स्थित सिताराम डेरीमा पत्रकार सम्मेलन गर्दै चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका चौधरीले नेपाली काङ्ग्रेसको  लामो राजनीतिक इतिहासमा आफ्नो मात्र नभई सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै आफूलाई जिताउन आग्रह गरेका छन् ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीबार धनगढी स्थित ओम प्यालेस मा प्रदेश अधिवेशन भइरहेको छ ।

उनी कैलाली बहुमुखी क्याम्पसका निर्वाचित पूर्व स्ववियु उप सभापति हुन् । भने उनले कैलारी गाउँपालिकाको सभापतिमा हार बेहोरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार