कक्षा–१२ को नतिजा भोली सार्वजनिक हुने

राष्ट्रीय परिक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको जानकारी दिए ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यस्तै, कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार