मंसिर १८ गते शनिवार धनगढीमा सफल युवा उद्यमी, व्यवसायी सँग युवाहरूको अन्तरक्रिया कार्यक्रम हुने

प्रदेश युवा परिषद्

धनगढी : धनगढीमा शनिबार सफल युवा उद्यमी, व्यवसायी सँग युवाहरुको अन्तरक्रिया कार्यक्रम हुने भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा भोली सो अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।

युवाको पक्षमा काम गर्दै आएको प्रदेश युवा परिषद्ले शनिबार धनगढीको रुबस होटलमा सफल युवा उद्यमी, व्यवसायी सँग युवाहरुको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरका अनुसार भोली सफल युवा उद्यमी र व्यवसायीसँग युवाहरुको अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको हो ।

कार्यक्रमको सहजीकरणका लागि जनरल म्यानेजर नबिल बैंक, पूर्ब सिइओ ज्योती विकास बैंक र नेपाल राष्ट्र बैकका पूर्ब अफिसर मनोज कुमार ज्ञवाली, नेपाल सरकार सह–सचिव देवराज जोशी, पत्रकार लोगेश्वरी कुँवर र सामाजिक अभियान्ता के.पी खनालको सहभागिता रहने प्रदेश युवा परिषद् सुदूपश्चिमका कार्यकारी उपाध्यक्ष कुँवरले जानकारी दिए ।

यस्तै गायिका रेखा जोशी, उद्यमी दिपेन्द्र ऐरी, उद्यमी तपेन्द्र सिंह र कृषि उद्यमी लक्षीराम आचार्यले कार्यक्रमको सहजीकरण गर्ने उनले बताए । अन्तरक्रिया कार्यक्रम बिहान १० बजे रुबस होटलमा आयोजना हुने प्रदेश युवा परिषद् सुदूरपश्चिमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार