आज कांग्रेस महाधिवेशन काठमाडौंमा उद्घाटन हुँदै

कांग्रेस महाधिवेशन

काठमाडौँ : कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । पार्टीको संशोधित विधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र, २६ वटा भ्रातृ तथा शुभेच्छुक संस्था र २९ वटा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि निर्वाचित भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको मताधिकार भए पनि उनीहरू उम्मेदवार हुन पाउने छैनन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार