५० लाखको लगानीमा धनगढीको हसनपुरमा फिजियोथेरापी अस्पताल सञ्चालन

फिजियोथेरापी पुनर्स्थापना केन्द्र सञ्चालन

५० लाखको लगानीमा धनगढीको हसनपुरमा फिजियोथेरापी अस्पताल सञ्चालन

धनगढी : धनगढीको हसनपुरमा फिजियोथेरापिष्ट, न्यूरोसर्जन, अर्थोपेडिक्स सर्जन र स्पिच थेरापिष्टहरूको टोलीको संलग्नतामा पहिलो फिजियोथेरापी पुनर्स्थापना केन्द्र संचालनमा आएकाे छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सञ्चालनमा आएको सो केन्द्र ५० लाख लगानीमा सञ्चालनमा आएको हो ।

केन्द्रका अध्यक्ष तथा न्यूरो सर्जन डाक्टर सुरेश सापकोटाले काठमाडौंमा रहेको अर्थोप्लास्ट रिह्याब सेन्टरको मापदण्ड अनुरुप निर्माण गरिएको र हालका लागि १५ जनासम्म बिरामी भर्ना गर्न मिल्ने र ५० जनासम्म ओपिडीका बिरामी हेर्नसक्ने क्षमता भएको बताए ।

सुदूरपश्चिम तथा आसपासका धेरै बिरामीहरू पुनर्स्थापना सेवा लिन काठमाडौँ जानुपरेको र पछिल्लो समय यस्तो सेवा लिने बिरामीहरूको चाप बढेसँगै सो चापलाई मध्यनजर गर्दै सुदूरपश्चिममा यस्तो केन्द्र खोल्नुपर्ने अवधारणा आएको डा. सापकोटाको भनाई रहेको छ ।

बालबालिकादेखि ज्येष्ठ नागरिकहरूको उपचार हुने यस संस्थामा प्यारालाइसिस, दुर्घटना भई चोटपटक लागेका, अङ्गभङ्ग भएका, हाडजोर्नी, नसा सम्बन्धी सम्पूर्ण समस्या भएकाहरूको उपचार साथै अन्य सेवाहरू पनि उपलब्ध हुने पुनर्स्थापना केन्द्रले जनाएकाे छ ।

सोमबारबाट सञ्चालनमा आएको फिजियोथेरापी पुनर्स्थापना केन्द्रको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले गरेका हुन् । मन्त्री खड्काले पुनर्स्थापना केन्द्रको सञ्चालनले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा इट्टा थप्ने काम गरेको भन्दै सञ्चालक टिमलाई बधाई दिएका छन् ।

यस्तै, मन्त्री खड्काले पुनर्स्थापन केन्द्रको पूर्ण सफलताको शुभकामना दिँदै सुदूरको स्वास्थ्य क्षेत्रको विकासको निम्ति निजी क्षेत्र र प्रदेश सरकार सँग(सँगै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने औँल्याए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार