धनगढीको हसनपुरमा ९ वर्ष अघि स्थापना गरेको ‘एयरक्राफ्ट म्युजियम’ नेपालगञ्ज सारियो (भिडियो)

पर्यटक हरुले घुम्ने एउटा रमणीय, ज्ञान वर्द्धक गन्तव्य गुमाए

धनगढीको हसनपुरमा ९ वर्ष अघि स्थापना गरेको 'एयरक्राफ्ट म्युजियम' नेपालगञ्ज सारियो (भिडियो)

धनगढी : धनगढीमा रहेको वायु यान सङ्ग्रहालय एयरक्राफ्ट म्युजियम धनगढी उप-महानगरले गुमाएको छ । क्याप्टेन वेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्युजियम सारिएको हो ।

धनगढी ५ हसनपुरमा ९ वर्षअघि स्थापना गरेको एयरक्राफ्ट म्युजियम जग्गाको सम्झौता अवधि सकिएको र एयरक्राफ्ट म्युजियम यहाँ राख्न जग्गा नपाएपछि म्युजियमलाई नेपालगञ्ज लगिएको क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभएको छ ।

क्याप्टेन तथा रियल फोटोग्राफर उप्रेतीको अवधारण र व्यक्तिगत पहलमा बनाइएको सो संग्रहालयमा उप्रेतीले खिचेका देश–विदेशका उत्कृष्ट तस्बिरहरू समेत राख्नुभएको थियो । एयरक्राफ्ट म्युजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित सङ्ग्रहालयहरू भन्दा पृथक् थियो ।

नेपाली आकाशमा उडेर बन्द भएको कस्मिक एयरको फोकर–१०० जहाजलाई संग्रहालयको रूप दिइएको थियो । एयरक्राफ्टलाई नै संग्रहालय ‘घर’ बनाइएको थियो। त्यहाँ राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सय वटा मिनियर एयरक्राफ्ट म्युजियम भित्र राखिएका थिए।

म्युजियमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सफल भएको थियो। तर अहिले म्यूजियमनै अन्यत्र गएपछि यहाँको पर्यटन विकासमा असर पर्ने पर्यटन व्यवसायीहरू बताउँदै आएका छन् । यस्तै, धनगढीमा एयरक्राफ्ट नहुँदा नराम्रो लागेको धनगढीका स्थानीय जयनारायणको भनाई छ ।

त्यस्तै, एयरक्राफ्ट म्युजियम अगाडी नास्ता पसल सञ्चालन गरिराख्नुभएका गौतम गुप्ताले हरेक शनिवार व्यापार राम्रो हुने गरेकोमा अब म्युजियम नहुँदा व्यापारमामा कमी आउने बताउनुभयो ।

यसै गरी डोटीको उच्चकोटका ईश्वरी दत्त पन्तको भनाई पनि केही उस्तै छ । उहाँले पहिले एक पटक आफूले पनि म्युजियमको भ्रमण गरेको सम्झिँदै यहाँका स्थानीयले देखी राखेको भए पनि बालबालिका र नयाँ आगन्तुक पर्यटक हरुले घुम्ने एउटा रमणीय, ज्ञान वर्द्धक गन्तव्य गुमाएको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले करिब ७० लाख रुपैयाँमा सो फोकर जहाज खरिद गरेका थिए । धनगढी पुर्‍याइ सकेपछि झन्डै छ महिना लगाएर सङ्ग्रहालय तयार पारिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार