राहत वितरणमा सक्रिय टीजुची फाउन्डेसन, कञ्चनपुरमा बाढी पीडितलाई राहात प्रदान

राहत वितरणमा सक्रिय टीजुची फाउन्डेसन, कञ्चनपुरमा १०० जना बाढी पीडितलाई दिईयो राहात

कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न १३ दोधरा चाँदनीमा र शुक्लाफाँटा ४ मा बाढीपीडित तथा गरिबलाई राहात वितरण गरिएको छ।

नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा र टीजुची फाउन्डेसनको सहयोगमा भिमदत्त नगरपालिका वडा न १३ दोधरा चाँदनी र शुक्लाफाँटा नगरपालिका वडा ४ का बाढीपीडित तथा आर्थिक अवस्था निकै कमजोर भएका १०० जना लाई खाद्यान्न तथा राहात वितरण गरिएको हो ।

आर्थिक एकदमै अवस्था कमजोर भएका १०० जना गरिब एकल महिला हरूलाई २५ केजी जिरा मसिनो चामल १० केजी ज्ञान आटा मसुरको दाल , चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरियो कार्यक्रम राहत वितरण गरिएको नेपाल परिवार दल सुदूरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए । खाद्यान्न तथा राहात वितरण गर्नेमा नेपाल परिवार दलका योजक खडक नागरी, बेलाडाडीका युवा नेता प्रेम परियार, मिडियाको तर्फबाट रमा चन्द, पिस फोर्सको जिल्ला सचिव सहदेव भट्ट, समाजसेवी अनिशा शर्मा, सोही ठाउँका समाजसेवी तथा खेलाडी रमेश कुमाल लगायतको सहभागिता थियो ।

सोही ठाउँको स्थानीय बासिन्दाले टीजुची फाउण्डेशन र नेपाल परिवार दल पार्टीलाई धन्यवाद दिएका छन् । यस्तै थप राहतको आशा गर्दै पार्टीका योजक नागरीले दुखी गरिबीहरूलाई सधैँ सक्दो सहयोग गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार