तेस्रो दीपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगितामा टिम महेन्द्रनगर विजयी, शिवनगर लायन्स उपविजेता

तेस्रो दीपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगितामा टिम महेन्द्रनगर विजयी, शिवनगर लायन्स उपविजेता

धनगढी : तेस्रो दीपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगिताको अन्तिम फाइनल खेलमा टिम महेन्द्रनगर विजयी भएको छ ।

दिपु सोसाइटी धनगढीको आयोजनामा यही मङ्सिर २९ गतेदेखि पुस ५ गते सम्म सञ्चालित प्रतियोगिताको अन्तिम दिन सोमबार टिम महेन्द्रनगर विजयी भएको हो ।

एबि सप्लार्यस महेन्द्रनगर

कैलाली बहुमुखी क्याम्पस धनगढीको खेल मैदानमा २० ओभर को खेल भएको थियो ।  फाइनल खेलमा धनगढीको शिवनगर लायन्स क्लब धनगढी र एबि सप्लार्यस महेन्द्रनगर बिच प्रतिस्पर्धा भएको थियो ।

सो खेलमा टिम महेन्द्रनगर २१० रनको लक्ष्य दिएर शिवनगर लायन्स क्लब टिम लाई १४९ मा अल आउट गरेर विजय भएको छ ।

शिवनगर लायन्स

विजयी हुने टिम एबि सप्लार्यस महेन्द्रनगरले ट्रफि सहित रु. १ लाख प्राप्त गरेको छ । भने उप-विजेता धनगढीको शिवनगर लायन्स क्लब ले रु ५० हजार पाएको छ ।

यस्तै, मैन ऑफ द सिरिज शिवनगर लायन्स क्लबका महेन्द्र चन्द, उत्कृष्ट बलर एबि सप्लार्यस महेन्द्रनगरका महेश बिस्ट र बिस्ट ब्याटर एबि सप्लार्यस महेन्द्रनगरकै नितेस बिस्ट भएका छन् ।

तेस्रो दीपेन्द्र स्वार स्मृति क्रिकेट प्रतियोगितामा टिम महेन्द्रनगर विजयी,  शिवनगर लायन्स उपविजेता

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार