डडेल्धुरा ‘ईस्पिकिङ्ग आइडल’ सुरु, परशुराममा ‘अडिसन’ सम्पन्न

डडेल्धुरा ईस्पिकिङ्ग आइडल सुरु, परशुराममा अडिसन सम्पन्न

डडेल्धुरा : डडेल्धुरा ईस्पिकिङ्ग आइडल २०७८ को पालिका अडिसन शुक्रवार बाट सुरु भएको छ ।

पहिलो पालिका अडिसन परशुराम नगरपालिकामा गरिएको छ । पालिका अडिसन बाट चार जनालाई जिल्ला अडिसनका लागि छनौट गरिएको डडेल्धुरा ईस्पिकिङ्ग आइडल २०७८ का सह संयोजक सुर्दसन ओझाले जानकारी दिनु भयो । छनौट हुनेमा भुवनेश्वरी मा.वि परिगाउका भुवन भट्टराई, शिव शंकर मा.वि.सादनीका पदम बहादुर साउद, जनजोती मा.वि गाईबाधेकी निरुता बोहरा र भागेश्वर मा.वि. शिर्षकी भावना धामी रहेका छन् ।

कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो कार्यक्रममा प्रमुख अतिथि नगर उप मेयर कलावती देवी बोहरा, विशिष्ट अतिथि नगर प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु र अतिथिमा शाखा प्रमुख,विद्यालय प्रतिनिधि शिक्षक लगायत रहेका थिए ।

पालिका अडिसन बाट छनौट गरिएका विद्यार्थिहरु लाई जिल्ला अडिसनमा सहभागी गराइने र उनीहरूको सबै खर्च आयोजकले दिने कार्यक्रमका संयोजक दीपक राज भट्टले बताउनु भयो ।

सातै पालिकामा पालिका अडिसन गरेर त्यसपछि जिल्ला अडिसन गर्ने तयारी रहेको छ । कार्यक्रम स्थानीय सरकार सँगको समुन्व्य र व्यक्तिगत ,संस्थागत सहयोग मागेर कार्यक्रम गरिरहेको भट्टको भनाई छ साथै कार्यक्रममा सबैले सक्दो सहयोगका लागि अपिल समेत गरेका छन्।

विगत दुई वर्ष देखि कोरोनाले विद्यार्थीहरूको कुनै पनि कार्यक्रम हुन नसकेको अवस्थामा यो कार्यक्रमको आयोजना गर्न लागिएको हो
जिल्ला प्रथम,द्वितीय,तृतीय पुरस्कार दिइने छ । जिल्ला अडिसनको मुख्य आयोजक खबरदारी न्युज रहेको छ भने सह आयोजकमा शिखर बशुउद्धेशीय विकास समाज, समाजसेवी विनय प्रकाश मल्ल र युवा मञ्च डडेल्धुरा रहेका छन् भने प्रर्बद्धका बोलन्या थली युनिट डडेल्धुरा रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार