आज सुदूरका ३ जिल्लामा सार्वजनिक बिदा !

सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज परेको भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिएको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार आज यी तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको प्रदेशको अन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेका छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार