‘चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको छ’ : प्रदेश प्रमुख जोशी

'चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको छ' : प्रदेश प्रमुख जोशी

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले चाडपर्वले सबैलाई एकताबद्ध बनाउन टेवा पुर्‍याएको बताएका छन् । आइतबार धनगढीमा भुवा पर्वको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले पौराणकालिन भुवा पर्वको संरक्षणमा सबैले लाग्नुपर्ने बताए ।

उनले भुवा पर्व जस्ता लोक संस्कृति हामी सबैको पहिचान भएको उल्लेख गर्दै यसको विकास गरेर लैजानु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भुवा पर्वलाई साझा पर्वका रुपमा अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न भुवा नाच प्रदर्शन गरिएको थियो । बाजुरेली समाजको आयोजनामा सुरु भएको भुवा पर्व भोलि सोमबार सम्म चल्ने समाजका अध्यक्ष चेतन थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार