कैलालीमा एमालेको दुई प्यानलबीच निर्वाचन हुने, यस्तो छ मतदाता नामावली र आचारसंहिता ?

धनगढी : नेकपा एमालेको कैलाली जिल्ला समिति चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्ष लगायतका पदाधिकारीका आकांक्षी नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका अर्का आकांक्षी रहेका जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई सर्मथन गर्दैै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् ।

निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर बिक ‘चित्रण’ ले उम्मेदवारी दर्ता गराएका छन् । चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा रबिन्द्र चौधरी, विनय शाह र मदनराज ओझाले पनि उम्मेदवारी दिएका छन् तर उनीहरु हालसम्म कुनै पनि प्यानलमा खुलेका छैनन् । अध्यक्ष पदका उम्मेदवार थापा पार्टी एकतालाई मजबुत बनाउने भन्दै चुनावी मैदानमा होमिएको बताउँछन् भने अर्का उम्मेदवार चन्द नेतृत्व परिवर्तन र पार्टी एकताको एजेण्डा लिएर चुनावी मैदानमा छन् ।

निर्वाचन समितिका अनुसार आइतबार बिहान साढे ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ । अध्यक्ष पदका दुवै आकांक्षी एमालेको संस्थापन पक्षकै भएका कारण प्रदेश र जिल्ला स्तरका नेताहरु खुलेर एकअर्काको पक्ष वा विपक्षमा लागेका छैनन् ।

  • यस्तो छ आचारसंहिता :

  • हेर्नुहोस् नेकपा एमालेको कैलाली जिल्ला समिति चयनका लागि मतदाता नामावली :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार