किन जिताउने एमालेमा २८ वर्षको ऊर्जा खर्चिएका रणबहादुर चन्दलाई कैलाली अध्यक्षमा ?

सुदूरपश्चिमको राजनीतिमा स्वच्छ छवि बनाएका चन्द...

रणबहादुर चन्द

धनगढी : नेकपा एमाले कैलालीको अध्यक्षमा प्यानलसहित निवर्तमान उपाध्यक्ष रणबहादुर चन्द चुनावी मैदानमा उत्रिएका छन् । निवर्तमान अध्यक्ष समेत रहेका अर्का उम्मेदवार रतन थापासँग सहमति नजुटेपछि उनलाई टक्कर दिन चन्द चुनावी मैदानमा आएका हुन् ।

कैलाली मात्र नभएर सुदूरपश्चिमको राजनीतिमा स्वच्छ छवि बनाएका चन्दले अध्यक्षका अर्का आकांक्षी डेजी पाण्डेलाई साथमा लिएर शनिबार उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा सीताराम बुुढाथोकी, सचिवमा जिल्ला सचिवालय सदस्य समेत रहेका पाण्डे, उपसचिवमा लोकेन्द्र शाही र ममताप्रसाद चौधरी छन् ।

आयोजक कमिटिका समेत गरेर करीब छ सय जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेपछि एमाले कैलालीको अगामी कमाण्ड कसले सम्हाल्ने भन्ने कुरा तय हुनेछ । तर आम कार्यकर्ताहरुका माझ लोकप्रिय बनेका चन्दको पक्षमा बहुमत प्रतिनिधि रहेको बताइन्छ । २८ वर्षदेखि एमालेको सक्रिय राजनीतिमा सक्रिय चन्दले धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट राजनीति शुुरु गरेका थिए ।

२०५० सालमा अनेरास्ववियुुको पञ्चोदय माध्यमिक कमिटि सदस्य भएका उनी २०५२ सालमा कैलाली बहुुमुुखी क्याम्पसको प्रारम्भीक कमिटि सदस्य बने भने २०५४ सालमा बहुुमुखी क्याम्पसको अध्यक्ष भएका थिए । त्यसपछि उनले अनेरास्ववीयुको जिल्ला कमिटि सदस्य, सचिव, अध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्यका रुपमा समेत काम गरिसकेका छन् । २०५८ सालमा चन्द पार्टीको धनगढी नगर कमिटि सदस्य हुुँदै सचिव भए भने लगत्तै उनी पार्टीको जिल्ला कमिटि सदस्य बनेका थिए ।

सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएका थिए । माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाएका थिए तर जब तत्कालीन अध्यक्ष दीर्घ सोडारी कारवाहीमा परे त्यसपछि उनले उपाध्यक्षको जिम्मेवारी निर्वाह गरे । एमाले विभाजनपछि पनि उनी उपाध्यक्षकै रुपमा काम गरिरहेका थिए ।

विशेषः युुवाहरुमा बढि लोकप्रिय मानिएका चन्दले कैलालीमा नेकपा एमालेको राजनीतिलाई जोगाउन र सुुदृढ पार्नमा महत्वपूूर्ण भूमिका निर्वाह गरेको पूूराना नेताहरु बताउँछन् । समूहगत निर्णयको भावनाबाट प्रेरित चन्द सबैलाई समेटेर लैजानुुपर्छ भन्ने मान्यताका भएको उनीहरुको भनाइ छ ।

नेतृत्व परिवर्तनलाई प्रमुख एजेण्डाका रुपमा उठान गरेका चन्दले पार्टीको आन्तरिक एकता र सुुदृढिकरणमा आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

‘मैले आफ्नो जीवनका उर्वर २८ बसन्त कैलालीमा पार्टी निर्माण, संगठन विस्तारमा खर्चिएको आम अग्रज नेता गण, शुुभेच्छुुक, शुुभचिन्तकलाई जगजाहेर नै छ,’ चन्दले भने, ‘अहिलेको नेतृत्वले पार्टीलाई ससक्त बनाउन नसकेको कुरा यथार्थ हो । त्यसकारण तपाईहरु सबैको साथले म पार्टीलाई सुदृढ र एकताबद्ध कार्यमा रातदिन खटिएर लाग्नेछुु । मलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउने विश्वास लिएको छुु ।’

महाधिवेशन प्रतिनिधिले पार्टीको नेतृत्व गर्ने अवसर दिएमा अगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन कटिबद्ध भएर लाग्ने उनी बताउँछन् । अब पार्टीको नेतृत्वमा युुवाहरु आउनुपर्छ भनेर उम्मेदवारी दिएको धारणा राख्दै उनले आफू हरेक युवाको एजेण्डा बोक्न समेत तयार हुने र उनीहरुलाई उचित स्थान दिने प्रतिबद्धता चन्दले व्यक्त गरेका छन् ।

सामूहिक निर्णय र समझदारीका आधारमा पार्टीका हरेक गतिविधि सञ्चालन गर्ने, पार्टीले अपनाएको जनताको बहुुदलीय जनबादको सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउने, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन आवश्यक रणनीतिसहित अभियान चलाउने योजना पनि आफूूसँग भएको उनको भनाई छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत दिएर निर्वाचन गराउन अपिल गर्दै चन्दले मतको अवमूल्यन हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार