कैलालीको गोदावरी धाममा माघ १ गते देखि हुने अर्धकुम्भ मेला स्थगित

कैलालीको गोदावरी

धनगढी : कैलालीको गोदावरी धाममा माघ १ गते देखि हुने अर्धकुम्भ मेला स्थगित भएको छ । गोदावरी धाम विकास समितिले २०७२ सालदेखि बार्षिक रुपमा औपचारीक कार्यक्रम गरी आयोजना गर्दै आएको कुम्भ मेला कोरोना महामारीका कारण स्थगित गरिएको हो ।

समितिले २०७२ सालमा महाकुम्भ मेला आयोजना गरेपछि त्यसपछिका बर्षमा माघ १ गते कुम्भमेला आयोजना गर्दै आएको थियो भने यस बर्ष महाकुम्भ मेला आयोजना भएको ६ बर्ष पुगेकाले अर्धकुम्भ मेला आयोजना गरिने जनाइएको थियो ।

गोदावरीधाम विकास समितिले सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै भौतिक रुपमा गरिने सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ । गोदावरीधाम विकास समितिका अध्यक्ष पद्मराज जोशीद्धारा जारी विज्ञप्तीमा धार्मिक गतिविधिहरु अनलाइन विधिबाट प्रशारण गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार