‘एक योद्धा’ – कविता : सन्तोष बोहरा

सन्तोष बोहरा
  • एक योद्धा

राष्ट्रियता को पिरले होइन
बिृद्व नेता को इशारामा
पेट्रोल अनि खानपिन मा
अनेक पहिरन,वेशभूषामा
सडकमा नाची रहन्छ ।।

आफ्ना मातापिता बिृद्व आश्रमा
राष्ट्रघाती नेताको शब्दमा
उ!चौतर्फी मेरा पिता भन्दै
मतियार पाटिका छातामुनि
एक्ला एक्लै नाची रहन्छ ।।

बस्! जन्मदिने मातापिता भुल्यो
उ ! पाटीगत समर्थनमै हुल्यो,
म कसरी विश्वास पात्र बन्न सकूँ
उ! राष्टकाे कर्णधार हो भनी
केबल! उ आफ्नै मातापिता भुल्यो

जब ! कि अदालतले
त्यो तेरो पिता होइन भन्दा पनि
अझै बुढा बार्दली बाट गीत गाहिरन्छ
तल! उ उसकाे धुनमा नाचिरहन्छ ।।

के भनूँ छ र ! उसलाई
संस्कार,रहनसहन, चलनचल्ती
कसैको बाँ बन्न नसकेको
उकासे बाँ बाट सकिसक्यो
कायरहरू इज्जत फालिक्याे।

लेखक :-
उपनाम :- राजनीति बाट पीडित एक युवा !!
वास्तविक नाम:- सन्तोष बोहरा
ठेगाना:- शि.न.पा- ताेलगडा,डोटी ।
समय:- २०७८-०५-२०

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार