नेकपा एमाले जिल्ला अधिवेशन, कैलालीमा मतगणना सुरु

एमाले कैलालीको पदाधिकारीमा मतगणना रातिदेखि सुरु

धनगढी : नेकपा एमाले कैलालीको नेतृत्वको लागी मतगणना सुरु भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भएको हो ।

६०९ प्रतिनिधि मध्ये ५८९ मत खसेको थियो । अहिले एमाले जिल्ला पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकी छन् ।

सचिवमा दान बहादुर बिक र डेजि पाण्डे छन् उपसचिवमा मदन ओझा प्रेम चौधरी ममता चौधरी लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।सदस्यहरूको केही क्षेत्रमा भने हिजो नै निर्विरोध भइसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार