SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित, ठुलो आर्थिक भारबाट जोगियो

सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि आयोजना हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव माघ १८ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो ।

धनगढी : धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव स्थगित गरिएको छ ।

आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले बुधवार एक सूचना जारी कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

कैलाली प्रशासनले पनि मेला महोत्सव नगर्न आदेश दिएपछि महोत्सव स्थगित गरिएको हो । समयमै महोत्सव स्थगित हुँदा आयोजक कैलाली कैलाली उद्योग वाणिज्य सङ्घ भने ठुलो आर्थिक भार बाट जोगिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार