फार्मासिस्ट बिनै औषधि बिक्री गर्ने साझा स्वास्थ्य सेवा धनगढीलाई फार्मेसी पेसाकर्मी सङ्गठनहरूको ध्यानाकर्षण

फार्मासिस्ट बिनै औषधि बिक्रि वितरण गराउदै आएको साझा स्वास्थ्य सेवा धनगढी लाई फार्मेसी पेशागत संगठनहरु ले आज ध्यानाकर्षण पत्र बुझाएका छ्न ।

धनगढी : फार्मासिस्ट बिनै औषधि बिक्री वितरण गराउँदै आएको साझा स्वास्थ्य सेवा धनगढी लाई फार्मेसी पेसागत सङ्गठनहरू ले आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मिति २०७८ पौष २८ गतेका दिन साझा स्वास्थ्य सेवा धनगढीमा रहेको फार्मेसी बिक्री कक्ष अस्पताल लाइनको शाखाको सम्बन्धमा पत्रपत्रिकामा प्रकाशित समाचार प्रति राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश धनगढी शाखा र नेपाल फार्मेसी संघ धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जहाँ औषधि त्यहाँ फर्मासिष्ट भन्ने मूल नाराका साथ हामी फार्मेसी पेसाको हकहित र संरक्षणमा बेला बेलामा आवाज उठाउँदै आएको व्योहोरा सर्व विदितै छ। तसर्थ औषधि ऐन २०३५ तथा नेपाल फार्मेसी परिषद् २०५७ को बर्खिलाप हुने गरी यस संस्थाबाट हुन गएको र अब उपरान्त यस्तो क्रियाकलाप हुन नदिन साझा स्वास्थ्य शाखा कार्यालय धनगढी लाई ध्यानाकर्षण गरिएको बारे ध्यानाकर्षण पत्रमा उल्लेखित गरिएको छ ।

यस्तो छ, नेपाल फार्मेसी संघका महा-सचिव राजेश भट्ट र राष्ट्रिय सुदूरपश्चिम प्रदेशका सचिव हरिस बोहराद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार