प्रविधियुक्त ट्राफिक व्यवस्थापनको उद्देश्य सहित ट्राफिक प्रहरीलाई ५ थान ‘ह्वील लक’ सहयोग

प्रविधियुक्त ट्राफिक व्यवस्थापन जिल्ला ट्राफिक प्रहरीलाई ५ थान हुईल लक सहयोग

धनगढी : कैलालीको धनगढी उप-महानगरपालिका वडा न.०३ चटकपुरमा रहेको बसन्त कलासिक अटोमोटिभसले जिल्ला ट्राफिक प्रहरीलाई ५ थान ‘ह्वील लक’ सहयोग गरेको छ ।

बिहीबार धनगढी बजार क्षेत्रमा भई रहेको अव्यवस्थित पार्किङ व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले ‘ह्वील लक’ सहयोग गरिएको हो ।

एक समारोहका बिच बसन्त कलासिक अटोमोटिभसका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै, प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न ‘ह्वील लक’ सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सहयोगी कलासिक अटोमोटिभस परिवारलाई धन्यावाद ज्ञापन गरेको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार