गजल : म फसेको छु – कृष्ण भाट

गजल : म फसेको छु - कृष्ण भाट
  • गजल

जीवन र मरणको सङ्घार मा फसेको छु
कर्तव्य या खुसी रोजूँ दोधार मा फसेको छु ।

समस्यामा जेलिएको छ कसरी म पार गरूँ
खुकुरी को धार जस्तो तरबारमा फसेको छु ।

खुसी फुल्ने बोट मेरा जरैदेखि मासिएका छन् ।
निरसिलो उजाडिलो सन्सार मा फसेको छु

हर पल यो नियतले दिने चोट सहेर नै
काँडारूपी जिन्दगी को प्रहारमा फसेको छु ।

चाह थियो सलल नदी सरि बगी जाने
हुत्त्याउँदा समयले किनारा मा फसेको छु ।।

लेखक
नाम : कृष्ण भाट
जन्मस्थान : आदर्श गा.पा.४ सुन्दर बस्ती रोडिङ्ग, डोटी
हाल : काठमाडौँ, नेपाल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार