कविता : जिन्दाबाद मुर्दावादका नाराहरू…

नेपाल ले विकास को गतिमा फड्को नमार्नु को एक कारण विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु

सम्पूर्ण मा मेरो अपिल ! यो पाँच दशक हामीले हाम्रा समस्या समाधान गर्न हरेक नेताहरू ढाेकढाक गर्नु पर्ने, यो गरी देऊ त्यो गरिदेऊ भनूँ पर्ने यसको प्रमुख जरा नै हामी जनता होइन र ? त्यसैले अब पुनः नयाँ बिहान को सुरुवात हुदैँछ, त्यसैले हामी सबै सचेत बनौँ,आफ्नो लाई होइन राम्रो लाई, व्यक्तिगत स्वार्थमा का पछि होइन सामूहिक स्वार्थका पछि लागउँ,सरल,सबल,सक्षम युवा प्रेमी नेतालाई चुनाव जिताऊँ,हाम्रो क्षेत्रको विकास हाम्रै हातमा,सुशासन,भ्रष्टाचार मुक्तसरि सभ्य समाज निमार्ण बनाउने जिम्मेवार अब तपाई र मेरो हात मा, सोही विषय सँग सम्बन्धित एक रचन मेरो ।।

 कविता – जिन्दाबाद मुर्दावादका नाराहरू…

जिन्दाबाद र…
मुर्दावाद का नाराहरू,
सुन्दा सुन्दा म वाक्क भइसके
ए कोही सुनाउन बुद्ध वाणीहरू

ती पक्कै भाग्यमानीहरू हुन जसले देशको लागि मरेर गए
जसले क्रान्ति मा आहुति दिए
समानताको लागि
मुक्ति को लागि देशको लागि
तर देश फेरिएन
बरु फेरि यी ब्वाँसाहरू सिर उठाउदैछन्
जिन्दाबाद र मुर्दावाद का नाराहरू,
सुन्दा सुन्दा म वाक्क भइसके
ए कोही सुनाउन बुद्ध वाणीहरू

आहा त्यो कुर्सी
मेरै हो केवल मेरै
छोड्दिनँ…
त्यो प्राण हो
मेरो ज्यान हो
देश भन्दा पनि बढी
भन्दै उफ्रिन्छ यहाँ झारहरू
शिर उठाउँदै छन् गद्दारहरू
चर्काउँदै थर्काउँदै
जिन्दाबाद र मुर्दावाद का नाराहरू
सुन्दा सुन्दा म वाक्क भइसके
ए कोही सुनाउन बुद्ध वाणीहरू

लेखक :- सन्तोष बोहरा
उपनाम :- राजनीति बाट पिडत एक युवा
अध्ययन :- +2 कानुन अध्ययनरत
ठेगाना :- शिखर नगरपालिका वार्ड नम्बर ११,ताेलगडा,डोटी
हाल: टोखा नगरपालिका १०, सामाखुसी काठमाडौँ
सहयोगी :- नवीन बोहरा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार