बैतडीमा एक सरकारी कार्यालयमा कार्यरत कर्मचारी मृत फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर

बैतडी : बैतडीमा एक कार्यालयका कर्मचारी मृत फेला परेका छन । विद्युत वितरण केन्द्र बैतडीमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका हुन्।

विधुत वितरण केन्द्र बैतडीमा कार्यरत ४५ वर्षिय मान सिंह रावतको शव देहिमाडौं २ मा घर नजिकै मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता एबम प्रहरी निरिक्षक दर्शन खडकाले रावत शुक्रबार साँझ फेला परेको बताए।

मृतक रावतको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । रावतको मृत्यु बारेको कारण खुल्न सकेको छैन । उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार