लागूऔषध सहित कैलालीमा दुई जनालाई पक्राउ

लागूऔषधसहित कैलालीमा दुई जनालाई पक्राउ

कैलाली : प्रहरीले कैलालीमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरबाट बझाङ साविक खिरातडी गाविस ७ घर भई हाल गौरीगंगा नगरपालिका वडा नंम्बर ८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र र सोही ठाउँका ३० वर्षीय बिर्ख धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीको सथाबाट ४ किलो ५ सय ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुले प्रयोग गरेको से २प ४११५ नंबरको मोटरसाईकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार