आजदेखि विद्यालय खुल्ने

विद्यालय
सांकेतिक तस्बिर

काठमाडौं : देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थामा आजदेखि (आइतबार) पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टरहरू सञ्चालनमा आउने सरकारले जनाएको छ ।

शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८ माघ २३ को सिफारिसमा उक्त निर्णय भएको उल्लेख छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेछ ।

कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरूले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरूले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार