२७ औं जनयुद्ध दिवसमा प्रचण्डको आह्वान, ‘छरिएर रहेका माओवादी घटकहरु एकताबद्ध हौं’

२७ औं जनयुद्ध दिवसमा प्रचण्डको आह्वान, 'छरिएर रहेका माओवादी घटकहरु एकताबद्ध हौं'

काठमाण्डाै : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देशमार्फत प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले माओवादी सशस्त्र युद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताका मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध पनि गर्नुभएको छ ।

वक्तव्यमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा बदनाम गर्न लागिपरेको समेत उल्लेख छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।

माओवादीले २०५२ सालमा आजकै दिनदेखि सशस्त्र सङ्घर्ष थालेको थियो । त्यसको १० वर्षपछि शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा आयो । तर यो बीचमा माओवादी विभाजित मात्र भएको छैन, नेतृत्वमा रहेका नेताहरु पनि तितरबितर भएका छन् ।

शान्ति प्रक्रियाबाट गणतन्त्र, सङ्घीयतालगायत राजनीतिक उद्देश्य पूरा भए पनि शान्ति प्रक्रियाले पूर्णता पाएको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले प्रभावकारी काम गर्न सकेका छैनन् ।

प्रेस वक्तव्य :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार