शैक्षिक सत्र जेठ १ बाट शुरू गर्ने निर्णय

विद्यालयमा पठनपाठन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए।

मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा प्रकाशन पनि वैशाखमा गर्ने, नयाँ विद्यार्थी भर्ना पनि वैशाखमा गर्ने र पाठ्यपुस्तकको व्यवस्थापन पनि वैशाखमा सक्ने निर्णय गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार