राष्ट्रिय युवा संघद्वारा अहिलेसम्मकै रेकर्ड ब्रेक, एकैदिन २०३ पिन्ट रगत संकलन

धनगढी : राष्ट्रिय युवा संघ कैलालीले एकैदिन दुई सय तीन पिन्ट रगत संकलन गरेर अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको छ । साप्ताह व्यापी रक्तदान अभियान अन्तरगत मंगलबार धनगढीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय तीन जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुँवरले जानकारी दिए ।

उनकाअनुसार धनगढीको कर्बड हलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागि भएर विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी धनगढीकाअनुसार राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा एकैदिन दुई सय तीन पिन्ट रगत संकलन भएको पहिलो पटक हो ।

राष्ट्रिय युवा संघले एकैदिन सर्वाधिक रगत संकलन भएको रेकर्ड ब्रेक गरिदिएको रेडक्रसले जनाएको छ । रेडक्रसका अनुसार हालसम्म एकैदिन सर्वाधिक कम्तीमा एक सय ९० जनाले रक्तदान गरेको रेकर्ड थियो ।

राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुुँवरले कोरोना महामारीका कारण स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएको समस्यालाई मध्यनजर गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । कुँवरले कैलालीमा एकैदिन सर्वाधिक रगत संकलन गरेर सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद दिदै यसले रगत अभावको समस्या न्यूकीकरणमा सघाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा संघद्वारा अहिलेसम्मकै रेकर्ड ब्रेक, एकैदिन २०३ पिन्ट रगत संकलन

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार