कांग्रेस कैलाली जिल्ला सदस्यमा प्रेमराज भट्टले उम्मेदवारी घोषणा

धनगढी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली जिल्ला सदस्यमा प्रेमराज भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

फाल्गुन १५ गते हुन लागेको कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा गोदावरी -२ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भट्टले जिल्ला कार्य समिति सदस्यमा उम्मेदवारीमा घोषणा दिएका हुन्

पटक पटक सर्दै आएको कैलाली जिल्ला अधिबेशन फाल्गुन १५ गते तय भएसङ्गै जिल्लाको नयाँ नेतृत्वका लागि पार्टीमा आन्तरिक चहलपहल भएको छ ।

उदाउँदा व्यवसायी समेत रहेका भट्ट राजनीतिमा पनि सक्रिय रहेका छन् । पार्टीमा पाएको जिम्मेवारीलाई उर्जाका साथ स्थानीय तहमा पार्टीलाई सशक्त,बलियो बनाउने भुमिका खेल्ने भट्टले बताए ।

१४ औँ महाधिवेशन अन्तर्गत कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा जिल्ला सदस्यमा आफुलाई महत्त्वपूर्ण मत दिएर निर्वाचित गराईदिन अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार