सकियो नेपाली काँग्रेस कैलालीको मतदान २ हजार ४ सय ८५ मत खसे

सकियो नेपाली काँग्रेस कैलालीको मतदान २ हजार ४ सय ८५ मत खसे

धनगढी : नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत आज भएको मतदान सकिएको छ । आज दिउँसो ढिलो गरि सुरु भएको मतदान राति सकिएको हो ।

जिल्लाभरि २ हजार ५ सय ७६ प्रतिनिधिहरु मध्ये २ हजार ४ सय ८५ मत खसेको निर्वाचन कमिटिले जनाएको छ । मतगणना आज राति नै गर्ने भन्ने बिषयमा छलफल भइरहेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए। जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको सभापतिमा उम्मेदवार छन्। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारी छ।

यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ। यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी छ ।

१२ जना भने  निर्विरोध निर्वाचित भैसकेका छन् ।  ४ जना थारु महिला सदस्य, ७ जना भूगोल तर्फका सदस्य र एक जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुनेमा थारु महिला सदस्य कल्पना देवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलदेवी बडायक र शारदा चौधरी रहेका छन् । सदस्य भूगोल कैलारी गाँउपालिकाका अनिता चौधरी, भूगोल महिला सदस्य कल्याणी सिंह हमाल र सुशीला भट्ट रहेका छन् ।

त्यसै गरी भजनी भूगोल महिला नन्दा शर्मा, लम्की चुहा भूगोल महिला राधिका जोशी, मोहन्याल भूगोल महिला झरना सिजाली मगर, जोशीपुर भूगोल धनबहादुर मल्ल र महाअधिवेशन प्रतिनिधि भिमबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार