नेपाल वस्टर्न एकेडेमी र युनिग्लोब बिच आपसी सहकार्य तथा सिकाइ सञ्चालन सम्बन्धी सम्झौता

शैक्षिक नगरी धनगढीमा रहेको नेपाल वस्टर्न एकेडेमी (एनडव्लुए) र काठमाण्डौको युनिग्लोब कलेजबिच आपसी सहकार्य तथा सिकाइ सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

धनगढी : शैक्षिक नगरी धनगढीमा रहेको नेपाल वस्टर्न एकेडेमी (एनडव्लुए) र काठमाण्डौको युनिग्लोब कलेजबिच आपसी सहकार्य तथा सिकाइ सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

आज धनगढीमा एक कार्यक्रमका बिच नेपाल वस्टर्न एकेडेमीका प्रबन्ध निर्देशक शैलेस कुमार सिंह र युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल प्राध्यापक डाक्टर नरबहादुर विष्टका बिच समझदारी पत्र आदानप्रदान भएको छ ।

समारोहमा एकेडेमीका डाइरेक्टर भीम चौधरी तथा कार्यक्रम निर्देशक र युनिग्लोब कलेजका प्राज्ञिक निर्देशक राधेश्याम प्रधान, निर्देशक डाक्टर गंगाधर दाहाल र कार्यक्रम निर्देशक अनन्त घिमिरे लगायतको सहभागिता रहेको थियो ।

एनडब्लुए र ग्लोबलबिच शैक्षिक क्रियाकलाप आदानप्रदान र अनुसन्धान, विद्यार्थी आदानप्रदान र सिकाइका विषयमा सहकार्य हुने एकेडेमीले जनाएको छ । यस अन्तर्गत संकाय र कर्मचारी सदस्यहरूको आदानप्रदान तथा विद्यार्थी आदानप्रदान गरिने नेपाल वस्टर्न एकेडेमीका प्रबन्ध निर्देशक शैलेस कुमार सिंहले जानकारी दिए ।

यसका साथै आपसमा संयुक्त अनुसन्धान र परियोजना कार्यहरू सञ्चालन गर्ने र शैक्षिक एवं प्राज्ञिक क्षमता लगायतका लागि गतिविधि र सेमिनार आयोजना गरिने नेपाल वस्टर्न एकेडेमी र युनिग्लोब कलेज बिच भएको सम्झौतामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार