शिवरात्रीको भीडले पशुपतिमा पुलको पर्खाल भत्किदा दुई जना घाइते

शिवरात्रीको भीडले पशुपतिमा पुलको पर्खाल भत्किदा दुई जना घाइते

काठमाडौँ : शिवरात्रीका दर्शनार्थीहरु खचाखच भरिँदा पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किएको छ।

त्यहाँस्थित दक्षिणतर्फको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ। पर्खाल भत्किएर बागमतीमा खसेका दुई जनामध्ये एकजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल, सिनामंगल पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले बताए।

३० वर्षी राजन ओलीको अहिले अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते भने सामान्य उपचारपछि फर्केका छन्। पुल जीर्ण रहेकाले त्यसतर्फ नजान सचेत गराए पनि पुलमाथि भीड भरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार