आगामी चुनावमा यी ३१ दलले चुनाव चिन्ह नपाउने

आगामी चुनावमा यी ३१ दलले चुनाव चिन्ह नपाउने

काठमाडौं : विवेकशील साझासहित ३१ वटा दलले आगामी चुनावमा चुनाव चिन्ह नपाउने भएका छन् । बैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले आपत्ति जनाएका हुन् ।

साना दलले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई पनि पत्र समेत बुझाएका छन् । आयोगमा दर्ता भएका दलहरुलाई चुनाव चिन्ह नदिनु संविधानको मुल्य मान्यताको समेत विपरित उनीहरुको भनाई छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार