कार्यसम्पादन मूल्याङ्कनमा बैतडी जिल्लामा पुर्चौडी नगरपालिका पहिलो स्थानमा

बैतडीको पुर्चौडी नगरपालिका

बैतडी : कार्यसम्पादन मूल्याङ्कनमा बैतडीको पुर्चौडी नगरपालिका पहिलो नम्बर देखिएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये पुर्चौडी पहिलो नम्बरमा देखिएको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको पुर्चौंडी नगरपालिकाले सबैभन्दा बढी ७२.२६ प्रतिशत अंक पाएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकाले ६६.७८, शिवनाथ गाउँपालिकाले ६६.६९, पाटन नगरपालिकाले ६४.७१, दशरथचन्द नगरपालिकाले ५८.४७ र मेलौली नगरपालिकाले ५८.३६ अंक पाएको छ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकाले ५७.५९, डिलाशैनी ५५.९३ र सिगास गाउँपालिकाले ५५.७१ अंक पाएको छ । जिल्लामा सबैभन्दा कम सुर्नया गाउँपालिकाले ४८.८९ अंक पाएको छ । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचक अनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार