SKIP THIS

धनगढी उप-महानगरपालिका

चैत्र १० देखि २० गतेसम्म सञ्चालन गर्ने गरी थालियो धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी

चैत्र १० देखि २० गतेसम्म सञ्चालन गर्ने गरी थालियो धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी

धनगढी : कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषी, पर्यटन र उद्योगको बिकास तथा बिस्तारका साथै सस्कृती र कलाको प्रवद्र्धन गर्दे यस क्षेत्रको समग्र बिकासका सम्भावनाहरुलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण श्रृजित आर्थिक सामाजिक प्र्रतिकुलता र बिषम सामाजिक परिस्थीतिका बिच गुज्रिरहेका ब्यवसायलाई माथी उकास्न महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने जनाएको छ ।

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करण आगामी चैत १० गतेदेखी २० गतेसम्म धनगढी उप महानगरपालिका १ पशुपति टोल, चौधरी बुकडिपो पछाडी लाग्ने आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले बताए । माघ १८ गते देखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगत गर्नु परेको थियो ।

बृहत ब्यवसायीक कृषी प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृर्षीमा आएको प्रबिधिसंगै माछा, केरा, पोल्टी, दुग्धजन्य पदार्थ आदीलाई प्रर्दशनिमा जोड दिइने जनाइएको छ । जसरी बिगतका महोत्सवले उत्पादन गरेका कलाकार अहिले देश बिदेशसम्म पुगिरहेका छन सोही कार्यलाई निरन्तरता दिदै यस क्षेत्रमा योगदान दिउका र सम्भावना भएका कलाकारहरुलाई प्रार्थमिकता दिइने अध्यक्ष कुँवरले बताए ।

१ करोड बढि लागतमा सम्पन्न हुने महोत्सवमा कृषी, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोवायल्स, गारमेन्ट लगायतका ३ सय स्टल रहने जनाइएको छ । महोत्सवलाई सम्पन्न गर्न २३ वटा उप समिति गठन गरिएको कैलाली उद्योग बाणिज्य संघका महासचिव ओम बिष्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार