यस वर्षको ‘महामूर्ख’ उपाधि डा. भोगेन्द्र झालाई

होलीमा उक्त उपाधि प्रदान

डा. भोगेन्द्र झा यस वर्षको ‘महामूर्ख’

धनगढी : यस वर्षको ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झालाई प्रदान गरिएको छ।

जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्षको होलीमा उक्त उपाधि प्रदान गर्दै आएको छ। उपाध्यक्ष झालाई शुक्रवार एक कार्यक्रम गरी उक्त उपाधि प्रदान गरिएको हो।

त्यसैगरी यस पटक प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरिया उपाधि प्रदान गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार