नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीद्धारा दुई युवक पक्राउ

करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

बैतडी : नाबालिका बलात्कारको आरोपमा बैतडी प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेका बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

जिल्लाको तल्लो स्वराडकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन्।

चैत ४ गते साँझ स्थानीय जंगलमा घाँस काट्न गएको मौका छोपेर तामाङले नाबालिकालाई बलात्कार गरेको खुल्न आएको खड्काले बताए। गुरुङले सहयोगी भूमिका  खेलेको अनुसन्धानबाट खुलेको छ । उनले भने, ‘तामाङले बलात्कार गरेको रहेछन्, गुरुङ पनि बलात्कार गर्न भनि गएका र नाबालिकाले चिच्याएर हल्ला गरेको भन्ने बुझिएको छ।’

उनीहरूविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र आज अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार