कैलालीको जोशीपुरमा विष्टको अध्यक्षतामा अखिल नेपाल किसान माहासंघको कमिटी गठन

१५ सदस्सीय कमिटी गठन

कैलालीको जोशीपुरमा विष्टको अध्यक्षतामा अखिल नेपाल किसान माहासंघको कमिटी गठन

धनगढी : नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल किसान माहासंघले कैलालीको जोशीपुर गाउँपालिकामा आफ्नो कमिटी विस्तार गरेको छ । आज एक कार्यक्रमका बिच पूर्ण विष्टको अध्यक्षतामा १५ सदस्सीय कमिटी गठन गरिएको हो ।

गाउँपालिका अध्यक्ष केशर चौधरीको सभा अध्यक्षतामा सुरु भएको भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य गोमा आचार्य प्रमुख अतिथि रहनु भएको थियो ।

जोशीपुरका कृषकहरूलाई व्यवसायीक कृषि पेसामा जोड्न कृषि विज्ञहरू र लामो समय देखि कृषि गरिरहेका किसानहरू सङ्ग आफ्ना अनुभव साट्ने र नयाँ किसान हरूलाई व्यवसायीक कृषिमा आकर्षित गर्न कृषि प्रशिक्षण कार्यक्रम समेत गरिएको छ।

नेकपा एमाले जोशीपुर गाउँपालिका कमिटीले जोशीपुरमा कृषि, शिक्षा, स्वास्थ्य, संस्कृति र स्वरोजगार अभियान सञ्चालन गरेको छ । जसमा विद्यार्थी किसान शिक्षक व्यापारी र पुराना सांस्कृतिक ज्ञान भएका व्यक्तिहरू सङ्ग प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको पार्टी गाउँपालिका सचिव यमराज जोशीले बताउनु भयो ।

कार्यक्रममा कठरिया समुदायको होरी नाच सहितको झाँकी समेत प्रस्तुत गरिएको थियो। अब युवाहरूले पुरानो शैलीमा जिन्दाबाद मुर्दावादको राजनीतिमा न लागि यस्ता सृजनशील अभियानमा लाग्नुपर्ने कुरा समेत सचिव जोशीले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य गोमा आचार्यले किसानहरूले सर्व प्रथम आफ्नो अधिकारको लागि आफै लाग्नु पर्ने र सामूहिक रूपमा अगाडि बढ्नु पर्ने बताएकी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार