दार्चुला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न विष्ट जाँदै, भट्टको भयो सरुवा

प्रतीक बिष्ट

दार्चुला : नेपाल प्रहरीका २५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ ।

२५ जना मध्ये दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टको पनि काज सरुवा गरिएको छ । उनको ठाउँमा दार्चुलामा प्रतीक बिष्टलाई पठाइएको छ ।

बिष्टको प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र, धनुषाबाट काज सरुवा गरिएको हो । भट्टलाई भने जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार