विद्यार्थीको मनोबल बढाउन प्रयत्नशील धनगढीको नेपाल वस्टर्न कलेज, ‘मिनी म्याराथन’ प्रतियोगिता सम्पन्न

विभिन्न १० विद्यालय तथा कलेजका गरी १५० बढी विद्यार्थी सहभागी

विद्यार्थीको मनोबल बढाउन प्रयत्नशील धनगढीको नेपाल वस्टर्न कलेज, 'मिनी म्याराथन' प्रतियोगिता सम्पन्न

धनगढी : धनगढीको नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेजले आयोजना गरेको मिनी म्याराथन भव्यताका साथ सम्पन्न भएको छ । ”लेट्स ह्याभ फन विथ च्यारीटि रन, एजुकेसन टु अल” भन्ने नाराका साथ शनिवार सम्पन्न भएको हो ।

विभिन्न १० विद्यालय तथा कलेजका गरी १५० बढी विद्यार्थी सहभागी उक्त मिनी म्याराथनमा पुरुष तर्फ धनगढीको त्रीनगर मा.वि का छात्र चन्द्र बोहरा प्रथम भएका छन् । भने सुदूर पश्चिमाञ्चल एकेडेमी कैलालीका केशव चन्द दोस्रो र एक्सीस विद्याश्रमका सागर बमले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै, महिला तर्फ धनगढीकै क्रिसियन्टसिटी स्कुलकी छात्रा भगवती जोशी विजयी भएकी छन् ।

प्रथम स्थान हासिल गर्न सफल धनगढीको त्रिनगर मा.वि का छात्र चन्द्र बोहराले मिनी म्याराथन आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । ”आयोजकलाई खेल क्षेत्रमा मेहेनेत गरिरहेका युवाहरुको लागी सोचेर मिनी म्याराथन आयोजना गरी दिनु भएको मा धन्यवाद दिन चाहन्छु । आज निकै खुसी छु बिहानको समयमा साथीहरू सँग रमाउँदै प्रथम स्थान हासिल गरेको छु ।” उनले भने ।

मिनी म्याराथन प्रतियोगितामा सुदूर पश्चिमाञ्चल एकेडेमी धनगढी, कैलाली बहुमुखी क्याम्पस धनगढी, एक्सीस विद्या आश्रम, त्रिनगर मा.वि, ग्यालेक्सी मावि, कैलाली मोडेल स्कुल, क्रिसियन्ट सिटी मावि (सिसिएस) धनगढी, नास्ट कलेज धनगढी, गोदावरी होटेल म्यानेजमेन्ट कलेज महेन्द्रनगर र नेपाल नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेजका छात्र छात्राहरू स्वयंसेवकका रूपमा सहभागी भएका थिए ।

उनीहरूले मध्येबाट क्रमशः प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार र तृतीय हासिल गर्नेले ५ हजार प्राप्त गरेको आयोजक नेपाल वइस्र्टन म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेजले जनाएको छ ।

नेपाल वइस्र्टन म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेज धनगढीका बिबिए सङ्काय प्रमुख सुमित पन्तले सामाजिक उत्तरदायित्व अन्तर गत विभिन्न सहयोगीहरूको सहयोगमा प्रतियोगिता आयोजना गर्न गरेको र सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । ”सामाजिक उत्तरदायित्व अन्तरगत आज मिनी म्याराथन गरेका हौँ । यसले विद्यार्थीहरूको प्रत्यक्ष स्वास्थ्य र मनोविज्ञानमा फाइदा पुग्ने छ । आज प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । सहयोगी सबैलाई धन्यवाद दिन चाहन्छु ।” उनले भने ।

मिनी म्याराथन प्रतियोगिता शनिवार बिहान ६ः३० बजे सुरु भई ८ बजे समपन भएको थियो ।

  • ४२ तस्बिरमा हेर्नुहोस् म्याराथन…!

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार